प्रधानमन्त्रीको निर्देशनपछि टुटुल र पठाओको कारबाही रोकियो
वि.सं.२०७५ माघ ३ बिहीवार १९:५५
shares

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि टुटल र पठाओ एप्स प्रयोगकर्तालाई गर्न थालिएको कारबाही रोकिएको छ । यी दुई एपको प्रयोग गरी मोटरसाईकलले यात्रुलाई लिफ्ट दिन्थे र त्यसबापत निश्चित रकम लिन्थे ।
उक्त कार्य गैर कानुनी भन्दै कारबाही थालिएकामा प्रधानमन्त्रीको निर्देशनपछि कारबाही प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री ओलीले एप्सका प्रयोगकर्तालाई नरोक्न निर्देशन दिएका थिए ।
टुटल र पठाओलाई कारबाही थालेपछि सरकार र यातायात व्यवस्था विभागको चर्को आलोचना भएको थियो । यातायातमा सिन्डिकेट रोक्न नसकेको सरकारले टुटल र पठाओ जस्ता एप्स प्रयोगकर्तालाई हतोत्साही बनाउँदै सिन्डिकेटलाई बल पुग्ने कार्य गरेको भन्दै व्यापक आलोचना भएको थियो ।
सरकारको व्यापक आलोचना भएपछि बुधबार साँझ प्रधानमन्त्रीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई यस्तो निर्देशन दिएका बुझिएको छ । त्यससँगै ट्राफिक प्रहरीले सुरू गरेको कारबाही रोकिएको हो ।
निर्देशनसँगै बिहीबारदेखि कारबाही रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

























