रञ्जु दर्शनाका बारेमा गलत समाचार लेखेको भन्दै क्यापिटल हेडलाईनका सम्पादक पक्राउ
वि.सं.२०७५ माघ ३ बिहीवार २०:१९
shares

महानगरीय अपराध अनुसन्धान महाशाखाले क्यापिटल हेडलाइन डटकमका सम्पादक सुमन अधिकारीलाई पक्राउ गरेको छ । विवेकशील पार्टीकी रञ्जु दर्शनाको बारेमा गलत समाचार पोस्ट गरी उनको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका २७ वर्षीया अधिकारीविरूद्ध विद्युतीय अपराध तथा कसुरमा अनुसन्धान अघि बढाएको छ । यस्तै गत मंगलबार पनि सोही प्रकरणमा मुक्तिखबर डटकमका सञ्चालक श्याम रोकालाई पनि पक्राउ गरेको थियो ।

























