ओली उड्नुअघि पाँच संवैधानिक आयोगमा सिफारिस
वि.सं.२०७५ माघ ७ सोमवार ००:२७
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीट्जरल्यान्ड उड्नु अघि विभिन्न पाँच वटा संवैधानिक आयोगमा अध्यक्ष नियुक्तिको सिफारिस गराएका छन् । आइतबार बसेको संवैधानिक परिषद् बैठकले यस्तो सिफारिस गरेको हो। संवैधानिक परिषदको बैठकबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा अध्यक्ष सिफारिस गरिएको हो।
बैठकले राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगको अध्यक्षका लागि बालानन्द पौडेललाई सिफारिस गरेको छ। त्यस्तै, समावेशी आयोगमा शान्ताराज सुवेदी, मधेशी आयोगमा विजय कुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगका अध्यक्षका लागि समिम अन्सारीलाई सिफारिस गरेको छ।
आयोगका अन्य सदस्यहरू नियुक्त गरिएका छैनन्। प्रधानमन्त्री ओली आज साँझ ८ः३० मा विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दैछन्।

























