काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश ५ गाडी खरिद प्रकरण : खोट देखियो, समिति भन्छ– थप अध्ययन आवश्यक

9.05K
shares

प्रदेश पाँचमा खरिद गरिएका गाडहिरुमा अनियमितताको आशंका भएपछि गठित प्रदेशसभाको उपसमितिले आइतबार सार्वजनिक खेला समितिमा प्रतिवेदन पेश गरेको छ ।

प्रारम्भिक उपसमितिले प्रदेशसभा र सरकारले खरिद गरेका गाडी सार्वजनिक खरिद ऐन अनुसार नै किनिएको प्रतिवेदन बुझाएको हो । खरिदको नियम ठीक भएपनि नियतमा प्रश्न उठेको संयोजक कूल प्रसाद पोखरेलले बताएका छन् । नियतमाथि प्रश्न उठेपछि समितिलाई थप १५ दिनको म्याद दिइएको छ ।

सार्वजनिक खरिद ऐन २०६३ अनुसार नै गाडहिरु किनेको देखिए पनि नियत प्रष्ट नभएकाले थप समय चाहिएको संयोजक पोखरेलको भनाइ थियो ।