चिकित्सा शिक्षा विधेयक आजै पारित गर्ने तयारी
वि.सं.२०७५ माघ ८ मंगलवार १७:४७
shares

प्रतिनिधिसभाको बैठकबाट मंगलबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएको छ । सोमबार नै विधेयक पारित गर्ने कार्यसूचि भए पनि कांग्रेसको अवरोधले बैठक चल्न सकेन ।
मंगलबार कांग्रेसले अवरोध गरे पनि बैठक सञ्चालन गरी विधेयक पारित गर्ने तयारीमा सभामुख रहेको स्रोतले बताएको छ । कांग्रेसले भने यसो गरिए प्रतिरोध गर्ने बताएको छ । ‘विपक्षीका माग सम्बोधन नगरी अघि बढ्न खोजिए संसदको सीमाभित्र रहेर प्रतिरोध गर्छौं,’ कांग्रेस सांसद एवं केन्द्रीय सदस्य गगन थापाले भने ।

























