काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दक्षिण सुडानमा २०० नेपाली शान्ति सेना पुरस्कृत (फोटो फिचरसहित)

16.25K
shares

साउथ सुडानमा शान्ति स्थापनार्थ गएको नेपाली शान्तिसेनाको पूरै बटालियन नै पुरस्कृत भएको छ । साउथ सुडान सरकार र संयुक्त राष्ट्रद्वारा संयुक्त रूपमा आयोजित विशेष समारोहमा २०० जना नै नेपाली शान्ति सेनालाई मेडल र अन्य पुरस्कारबाट सम्मानित गरिएको थियो ।

शान्तिसेनाको पूरै बटालियन नै पुरस्कृत भएको यो पहिलो अवसर हो । उक्त शान्ति सेना विगत एक वर्षदेखि दक्षिणी सुडानमा सक्रिय थियो ।

“म साउथ सुडानकाा नागरिकका संरक्षणका लागि आवश्यक पर्ने सुरक्षाको कार्यमा प्राप्त जनादेशअनुसार अनुशासन र दैनिक जिम्मेवारीअनुसार काम गर्ने सैन्य दलको प्रतिबद्धताबाट प्रभावित छु,” अनमिसका राष्ट्र संघीय पुलिस कमिस्नर उनैसी भुनिवाक्वाले जुवास्थित युएन मिसनमा आयोजित कार्यक्रममा भने ।
“म नेपाली सैन्यदललाई तपाईंहरूको कडा परिश्रम, तपाईंहरूको अनुशासन र तपाईंहरूको व्यावसायिकता, र तपाईंहरूले सम्पन्न गर्नुभएको कार्यसम्पादनका लागि हार्दिक धन्यवाद दिन चाहन्छु,” दक्षिण सुडानका प्रतिनिधि एवं साउथ सुडानका लागि राष्ट्र संघीय मिसन (अनमिस)का प्रमुख डेभिड श्रेअररले भने, “धन्यवाद! तपाईंहरुले यो पदक गर्व र मुलुकको योग्य दूतका रूपमा लगाउन सक्नु हुन्छ भन्नेमा म विश्वास गर्दछु र तपाईंहरूको मुलुक तपाईंहरूको सेवाप्रति गौरवान्तित हुनेछ ।”
नेपाली शान्तिसेना (नेपाल फर्मड् पुलिस युनिट–१)का प्रमुख हरिशंकर बुढाथोकीले कठिन परिस्थिति, जोखिम र अहसज परिस्थितिका बाबजुद नेपाली शान्तिसेनाका टोलीले प्रस्तुत गरेको कडा परिश्रमका लागि सबैमा धन्यवाद ज्ञापन गरे ।

साउथ सुडानको राजधानी जुवामा आयोजित मेडल अवार्ड कार्यक्रमको फोटो फिचर

nepalese-received-medal-award-service-recognition-newskarobar