आन्तरिक राजस्व कार्यालय विराटनगरको अर्धवार्षिक लक्ष्य पूरा
वि.सं.२०७५ माघ ८ मंगलवार १७:२४
shares

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब १८ करोड १३ लाख रुपैयाँ संकलन गरेर अर्धवार्षिक लक्ष्य पूरा गरेको छ । कार्यालयले ३ अर्ब ४ करोड ६४ लाखको लक्ष्यमा उक्त रकम संकलन गरेर १०४.४२ प्रतिशत प्रगति हासिल गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन । गत आर्थिक वर्षको अर्धवार्षिक अवधिमा २ अर्ब ५१ करोड ३४ लाखको लक्ष्यमा २ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ कार्यालयले संकलन गरेको थियो । गत वर्षको अर्धवार्षिक अवधिमा चालु आवको अवधिमा २९ प्रतिशत बढी राजस्व सकंलन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले चालू आवको पुस मसान्तसम्ममा आयकरतर्फ ९२ करोड ८३ लाख, ब्याजकर ३ करोड ९५ लाख, मूल्य अभिवृद्धि कर ६० करोड १० लाख र अन्तःशुल्कबाट १ अर्ब ५२ करोड संकलन गरेको छ ।

























