काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उदयपुर सिमेन्ट उद्योग सुधारेका पौडेल अब आयल निगममा

13.4K
shares

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए ।

निगमको प्रमुख हुने भएपछि उनले सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए । भारतीय बोर्डबाट चार्टर्ड एकाउन्टेन्सी उत्तिर्ण गरेका उनले सिमेन्ट उद्योगको सुधारमा केही महत्वपूर्ण निर्णय गरी वाहवाही पाएका थिए ।