काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘अफिस टाईम’मा सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध

18.35K
shares

अर्थ मन्त्रालय र यस मातहतका कर्मचारीले ‘अफिस टाईम’ मा सामाजिक सञ्जाल प्रयोग गरे कारबाही हुने भएको छ । मन्त्रालयले यससम्बन्धी आचारसंहिता बनाइ लागू गरेको छ । आचारसंहिताअनुसार अर्थ र यसमातहतका कर्मचारीलाई कार्यालय समयमा फेसबुक, ट्वीटर, इस्टाग्रामलगायतका सबै प्रकारका सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ । ‘कार्यालय समय अवधिभर कार्य जिम्मेवारीमा रहेका कर्मचारीले मोवाइल वा कम्युटरमार्फत् व्यक्तिगत प्रयोजनका लागि साामजिक सञ्जालको प्रयोग गर्नु हुँदैन,’ आचारंहितामा भनिएको छ ।

कर्मचारीले कार्यालयमा कुनै व्यक्तिगत समस्या झेल्नुपरेको भए पनि सामाजिक सञ्जालमा त्यसलाई पोख्न नपाउने आचारसंहितामा उल्लेख छ । त्यतिमात्रै होइन, सरकारलाई असर पुग्ने खालका कुनै पनि पोस्ट र अनलाईन मिडियाका समाचार सेयर गर्न पनि प्रतिबन्ध लगाइएको छ । ‘आफूभन्दा माथिल्लो तहबाट भएका निर्णयमा कुनै पनि अनलाइन मिडियामा प्रकाशित भएका समाचार र सामाजिक सञ्जालमा सेयर गरिएका समाचारका लिंकमा कमेन्ट लेख्न पाइने छैन,’ आचारसंहितामा उल्लेख छ ।

कर्मचारीहरुले आफूभन्दा माथिल्लो निकायको स्वीकृतिबिना सरोकारवालाहरुलाई कामको सिलसिलामा कार्यस्थल बाहिर भेट्न पाउने छैनन् ।