काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वीरेन्द्र सभागृहलाई प्रविधिमैत्री बनाइने

17.47K
shares

विराटनगर स्थित वीरेन्द्र सभागृहलाई अत्याधुनिक सुविधा सम्पन्न बनाईने भएको छ । सभागृहलाई डिजिटल प्रविधियुक्त बनाउन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पहल गर्ने भएका छन् ।

ऐतिहासिक विरेन्द्र सभागृहको पुनर्निर्माणका साथै आधुनिक शैलीको बनाउन मन्त्री पण्डितकै पहलमा चार करोड रुपैयाँ छुट्याइएको छ । निर्वाचनमा जनतामाझ गरेको प्रतिवद्धताअनुसार मन्त्री पण्डितले सभागृहलाई आधुनिक प्रविधियुक्त बनाउन पहल गरिरहेको नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) १ नं. प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए । उनले पुनर्निर्माण गरिने सभागृहको योजना ९ करोड रुपैयाँको रहेको बताउँदै मन्त्री पण्डितको पहलमा ४ करोड रुपैयाँ मन्त्रालयमार्फत छुट्याइएको र त्यसमा विराटनगर महानगरपालिकाले थप बजेट लगानी गर्ने बताए ।

विराटनगरको ऐतिहासिक धरोहरका रुपमा रहेको वीरेन्द्र सभागृहमा हाल विभिन्न संघ संस्थाका भेला, सभा, सम्मेलनलगायतका कार्यक्रमहरु हुने गरेको छ भने पुनर्निर्माणपछि सो सभागृहमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम समेत सञ्चालन गर्न सकिने जनाइएको छ ।