काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्मला हत्या प्रकरण : गृहमन्त्रीका छोरामाथि छानबिन गर्न तरुण दलको माग

15.04K
shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । तरुण दलले यो प्रदर्शनलाई देशैभरी हुने आन्दोलनको सुरुवात भनेको छ ।

तरुण दलका केन्द्रीय नेताको सहभागितामा मंगलबार विराटनगरबाट सुरु भएको आन्दोलन सातै प्रदेशमा हुने नेताहरुले बताएका छन् । विराटनगरको विरोधसभामा नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्यामा गृहमन्त्रीकै छोरातिर औंला तेर्सिएको आरोप लगाए । बस्नेतले गृहमन्त्रीका छोरा प्रतीक थापामाथि छानबिन गर्नुपर्ने माग गरे । ‘यो घटनामा गृहमन्त्रीका छोरालाई कानुनी दायरामा ल्याइनुपर्छ,’ उनले भने ।

एउटा बच्चीको बलात्कार र हत्याको घटनालाई ढाकछोप गर्न सरकार नै सक्रिय भएको आरोप बस्नेतले लगाए । घटना हुँदा गृहमन्त्रीका छोरा महेन्द्रनगरमा नै रहेको अध्यक्ष बस्नेतको आरोप छ ।

अन्याय र भ्रष्टाचारविरुद्ध तरुण दलले सातै प्रदेशमा आन्दोलन थाल्ने तरुण दलका नेताहरुले बताएका छन् ।

तरुण दलका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई जनताले समृद्ध नेपाल बनाउने आशामा दुई तिहाई मत दिएको तर ओलीले त्यसको अवमूल्यन गरेको टिप्पणी गरे । ‘हामीले पनि चिठी पठाएर देशलाई समृद्ध बनाउनु होस् भन्दै शुभकामना दिएका थियौं तर सरकारको बाटो उल्टो देखियो,’ अध्यक्ष बस्नेतले भने ।

देशलाई अधिनायकवादतर्फ लैजान अहिले मुलुकमा चारथरिका कम्युनिस्ट सक्रिय रहेको भन्दै बस्नेतले भने, ‘सानो अंशका रुपमा एउटा सडकमा, अर्को जंगलमा, एउटा संसदमा र अर्को सरकारको रुपमा सरकारमा छ ।’ सबैतिरबाट घेराबन्दी गरेर मुलुकलाई अधिनायकवादतर्फ लग्ने प्रयास भइरहेको उनको दाबी थियो ।

सभामा तरुण दलका उपसभापति उत्तम चापागाईंले वाइडबडीमा खरिदको घटनामा संलग्न मन्त्री रविन्द्र अधिकारीले राजिनामा नदिएर लाज पचाएको बताए । ‘यो प्रकरण प्रचण्ड प्रधानमन्त्री हुँदा शुरु भई केपी ओलीको पालामा पूरा गरिएको छ,’ उनले भने, ‘सरकारले जनतलाई दिनुपर्ने उपहार हेलिकप्टर र १८ करोडको गाडी राष्ट्रपतिलाई दिएको छ ।’

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई बचाउन सरकार नै सक्रिय भएको आरोप लगाउँदै भने, ‘वाइडबडी र सुनकाण्ड गर्ने पनि सरकारकै मानिस हुन् ।’ उनले सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको नामका अस्पताल खारेज गरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

कोषाध्यक्ष विद्वान गुरुङले सरकारको रवैया जनहितभन्दा पनि आफ्ना मानिस र आसोपासेलाई पोस्ने खालको भएको बताए ।

विरोधसभामा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ, झापाका सभापति गोपाल तामाङ, मोरङ कांग्रेसका सचिव नागेश कोइराला, तरुण दलका केन्द्रीय सदस्य रञ्जित झा र मोरङ सभापति सञ्जय थापाले सरकारको चर्को आलोचना गरेका थिए ।

विराटनगरको शनिबारेबाट विरोधसहित शुरु भएको जुलुस महेन्द्र चौकमा आई विरोधसभामा परिणत भएको थियो । सभामा सहभागी हुन प्रदेश १ का चौध वटै प्रदेशबाट तरुण दलका कार्यकर्ता विराटनगरमा भेला भएका थिए ।