काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चिकित्सा शिक्षा विधेयक प्रकरण : डा. केसीले मागे प्रधानमन्त्रीको राजीनामा

10.88K
shares

अनसनरत डा. गोविन्द केसीले आफ्नो अनसन जारी राख्ने बताएका छन् । संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि उनले अनसन जारी राख्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोका बीच प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भएको थियो । उनले उक्त विधेयकमा सरकारले यसअघि आफूसँग गरेका सम्झौताविपरित प्रावधान समावेश गरी विधेयक ल्याइएको भन्दै अनसन सुरू गरेका थिए ।

संक्षिप्त प्रतिक्रिया दिँदै डा. केसीले आफ्नो अनसन जारी रहने र प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । यद्यपी प्रतिनिधिसभाबाट वहुमतले पारित विधेयकमा राष्ट्रियसभाले सुधार गर्ने विश्वास व्यक्त गरे ।