काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरा महानगरको चौंथो नगर सभा सुरु

10.25K
shares

पोखरा महानगरपालिकाको चाैंथाे नगरसभा शुक्रबार सुरु भएको छ ।

पोखरा सभागृहमा सुरु नगरसभामा आठ कानूनका मस्यौदा प्रस्तुत गरिएको छ । नगर सभामा महानगर विधायन समितिका संयोजक शोभामोहन पौडेलले विधेयक प्रस्ततु गरे । सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको मस्यौदा प्रस्तुत गरिएको छ ।

महानगर प्रमुख मानबहादुर जिसीले कानूनको अभावमा महानगर अल्झनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै संघ र प्रदेशसँग समन्वय गरी अघि बढिरहेको बताए । उनले नगर सदस्यलाई मस्यौदा अध्ययन गरेर आवश्यक र महत्वपूर्ण विषय संसोधनका लागि सुझाव दिन अनुरोध गरे ।

नगर सदस्यलाई अध्ययनका लागि प्रदान गरिएको मस्यौदामाथि आगामी आइतबार छलफल गरी पारित गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । स्थानीय तहको निर्वाचन भएको करिब १९ महिना बितेको छ ।

१९ महिनाको बीचमा महानगरले दुई पटक बजेट अधिवेशन र एक पटक हिउँदे नगर सभा गरेको छ । नगर सभाबाट पारित भएका कानुनहरु स्थानीय राजपपत्रमा प्रकाशित भएर प्रमुखले प्रमाणित गरेपछि कार्यान्वयनमा आउँछ ।