गृहपृष्ठ याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय (भिडियो)

याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय (भिडियो)

याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय (भिडियो)

वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत ‘याद तिम्रो धेरै आइरह्यो…’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ । एल्वमको पाँचौं यो गीतको भिडियोसँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका छन् । अधर एल्वमका यसअघि नै चार वटा गीतको भिडियो सार्वजनिक भैसकेका छन् । शान्तिप्रिय पछिल्लो समय चलचित्र गीति लेखनमा सक्रिय छन् ।
याद तिम्रो धेरै आइरह्यो गीतको म्यूजिक भिडियो निर्देशन कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन वरिष्ठ छायांकार राजु केसी र गीतको सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गरेका हुन् । गीतलाई संगीतकार अर्जुन पोखरेलले संगीत गरेका हुन् भने युवराज चौलागाईले गाएका हुन् ।
गीतमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवं राम ढकालको अभिनय हेर्न पाइन्छ । म्युजिक भिडियोलाई छायाँछवि क्रिएशनले निर्माण गरेको छ ।

प्रकाशित समय : २३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु