गृहपृष्ठ प्रधानमन्त्रीले भने- हतियार नबुझाए विप्लव समूह सकिन्छ
प्रधानमन्त्रीले भने- हतियार नबुझाए विप्लव समूह सकिन्छ
प्रधानान्त्री केपी शर्मा ओलीले हतियार बुझाएर शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले पृथकतवादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणतर्फ लागेको जिकिर गरे ।
‘पृथकतावाद अन्त्य गर्यौं, अब विप्लब समूहको नाममा मच्चाइएको त्रासलाई पनि नियन्त्रण गर्छौं,’ उनले भने, ‘हिंसाको बाटो छाडेर हतियार बुझाउने र सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ, त्यसो नगरे विप्लब समूह असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।’
प्रकाशित समय : २३:०४ बजे



















