गृहपृष्ठ कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई
कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई
दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मी क्बलले जितेको छ । शनिबार (आज) भएको फाइनल खेलमा न्यु होराइजन क्बल बुटवललाई ५९ रनले पराजित गर्दै आर्मीले दोस्रोपटक उपाधि जित्नेको हो । पहिलो संस्करणको उपाधि पनि त्रिभुवन आर्मीले नै जितेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो । आर्मीका लागि हरिबहादुर चौहानले ५६ रन बनाए । उनले ५६ बलमा ७ चौका प्रहार गरे । राजु रिजालले ३४ र भीम सार्कीले २१ रन बनाए । १४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले १८ ओभरमा ९ विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो । न्यु होराइजनलाई सस्तैमा समेट्न जितेन्द्र मुख्यिा र साहव आलमले ३÷३, सुहान भारीले २ र सोमपाल कामीले १ विकेट लिए ।
लिगको म्यान अफ द सिरिज न्यु होराइजनका शक्ति गौचन हुन सफल भए । उत्कृष्ट बलर त्रिभुवन आर्मीका सुशान भारी भए । उत्कृष्ट ब्याट्सम्यान कर्णाली–११ का रविन्द्रजंग शाही भए । म्यान अफ द सिरिजले ५० हजार तथा उत्कृष्ट बलर र ब्याटम्यान्सले २० हजार प्राप्त गरे ।
प्रकाशित समय : २३:२६ बजे



















