global ime bank Long Banner Ad

गृहपृष्ठ भारतमा जारी चुनावलाई लक्षित गरी सीमा क्षेत्रमा संयुक्त गस्ती

भारतमा जारी चुनावलाई लक्षित गरी सीमा क्षेत्रमा संयुक्त गस्ती

भारतमा जारी चुनावलाई लक्षित गरी सीमा क्षेत्रमा संयुक्त गस्ती

भारतीय सहरमा हुन लागेको चुनावलाई लक्षित गरी नेपाल–भारत सीमामा संयुक्त गस्ती सुरु भएको छ । बाँकेको सीमामा खटिएको सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रबार र शनिबार संयुक्त गस्ती गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर वागेश्वरीका गणपति (एसपी) भेषबहादुर शाह र एसएसबी बटालियन ४२ नम्बरको कम्पनी मुन्सीपुरुवाका कम्पनी कमाण्डर सुकुमारदेवा बर्माको संयुक्त टोलीले शुक्रबार २६ देखि २९ नम्बर जंगेपिलरसम्म संयुक्त गस्ती गरेको थियो । गस्तीमा २५ जना नेपाली र १६ जना भारतीय सुरक्षाकर्मी सम्मिलित थिए । भारतको बहराइच जिल्लामा सोमबार हुने चुनावलाई मध्यनजर गर्दै दशगजामा संयुक्त गरिएको हो । भारतमा भइरहेको लोकसभा चुनावलाई लक्षित गरेर शनिबार साँझ ६ देखि सोमबार साँझ ६ बजेसम्म बाँके र बर्दियाका नाका शिल हुँदैछ ।

प्रकाशित समय : २३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु