गृहपृष्ठ अन्नपूर्ण प्रथमबाट उद्धार गरिएका मलेसियन डाक्टरको मृत्यु
अन्नपूर्ण प्रथमबाट उद्धार गरिएका मलेसियन डाक्टरको मृत्यु
अन्नपूर्ण प्रथम हिमालबाट ४८ घण्टापछि उद्धार गरिएका मलेसियाका डाक्टर ४८ वर्षे चिन वुइ किनको निधन भएको छ । नेपालको मेडिसिटी अस्पतालमा उपचार गरिएपछि किनका थप उपचारका लागि एयर लिफ्ट गरेर लगिएको थियो ।
अन्नपूर्ण प्रथमको ८,१०० मिटरका सफल आरोहण गरेर फर्कने क्रममा उनी हिमालमै बेपत्ता भएका थिए । शिखरका एक किलोमिटर तल आइसकेपछि उनी हराएका थिए ।
काठमाडौंबाट उडेको हेलिकोप्टरले आधार शिविरभन्दा केही माथि नै उद्धारमा दक्ष शेर्पा टोलीलाई झारेको र शेर्पा टोली ती पर्यटक भएका ठाउँसम्म पुग्न ४ घन्टाभन्दा बेसी लागेको थियो । उनलाइ सिम्रिक एयरको हेलिकप्टरसहितका टिमले उद्धार गरेको थियो ।
उद्धार लगत्तै किनले के म तातोपानी पाउन सक्छु? भनेको उद्धारकर्मीहरूले जनाएका छन् ।
प्रकाशित समय : २२:३७ बजे



















