global ime bank Long Banner Ad

गृहपृष्ठ सलाह चोटग्रस्त, बार्सिलोनाविरुद्धको खेल गुमाउन सक्ने

सलाह चोटग्रस्त, बार्सिलोनाविरुद्धको खेल गुमाउन सक्ने

सलाह चोटग्रस्त, बार्सिलोनाविरुद्धको खेल गुमाउन सक्ने

इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाह इंग्लिस प्रिमियर लिगमा न्युक्यासलविरुद्धको खेलमा चोटग्रस्त भएका छन् ।

हेडिङ गर्ने प्रयास गर्दा सलाह न्युक्यासलका गोलरक्षक मार्टिन डुब्राभ्कासँग ठोकिन पुगेका थिए । उनले टाउकोमा चोट बोकेका छन् । सलाहले च्याम्पियन्स लिग अन्तरगतको बार्सिलोनाविरुद्धको सेमिफाइनलको दोस्रो लेग गुमाउने सम्भावना बढेको छ ।

लिभरपुलले प्रिमियर लिग अन्तरगत न्युक्यासलमाथि ३–२ को कठिन जित निकालेको खेलको खेलको ६८औं मिनेटमा उनी न्युक्यासलका गोलरक्षक मार्टिन डुब्राभ्कासँग ठोकिएका थिए । लगत्तै उनी भुइँमा बजारिएका थिए ।

च्याम्पियन्स लिगको दोस्रो लेग मंगलबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुदैँछ । लिभरपुल पहिलो लेगमा बार्सिलोनासँग ३–० ले पछि परेको छ । प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले मे १२ मा लिगको अन्तिम खेलमा वल्भ्ससँग खेल्दैछ ।

प्रकाशित समय : १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु