गृहपृष्ठ गोरु काट्दाकाट्दै काठमाडौंबाट चारजना पक्राउ
गोरु काट्दाकाट्दै काठमाडौंबाट चारजना पक्राउ
गोरुको मासुसहित काठमाडौंबाट चारजना पक्राउ परेका छन् । मकवानपुर हात्तीसुड गाउँपालिका–१० का २८ वर्षीय मिलन स्याङ्ताङ, विक्रम स्याङताङ, देव बमजन र मानबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु काठमाडौं महानगर–६ बौद्ध तीनचुली नाग मन्दिरबाट पक्राउ परेका हुन् । गोरु काटेर मासु लैजान लागेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त वौद्धले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । नेपालमा गाई–गोरुको काटमार प्रतिबन्ध छ । पक्राउ परेकामाथि प्रहरीले गौहत्या सम्बन्धी मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको छ ।
प्रकाशित समय : १९:३९ बजे



















