गृहपृष्ठ तत्काल पार्टी महाधिवेशन गर्न देउवालाई पौडेलको दबाब
तत्काल पार्टी महाधिवेशन गर्न देउवालाई पौडेलको दबाब
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल पार्टी महाधिवेशन गर्न माग गरेका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा स्वर्गीय नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारको स्मृतिसभामा उनले लोकतन्त्र र मुलुककै रक्षाका निम्ति नयाँ जागरण अभियान सञ्चालनका गर्न पार्टी महाधिवेशन आवश्यक रहेको बताए । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशन गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए ।
आन्तरिक रुपमा पार्टीलाई बलियो बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई सफल बनाउनुपर्ने नेता पौडेलको भनाइ छ ।
प्रकाशित समय : १९:४९ बजे



















