गृहपृष्ठ प्रदेश १ राजधानी विवाद : प्रदेशसभा अगाडि प्रदर्शन
प्रदेश १ राजधानी विवाद : प्रदेशसभा अगाडि प्रदर्शन
प्रदेश एकको राजधानी विवाद चर्किएको छ । राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै आज विराटनगरमा प्रदर्शन भएको छ ।
प्रदेश राजधानी तोक्न सर्वदलीय बैठक जारी रहेकै बेला धरान उपमहानगरको अगुवाइमा धरानलाई राजधानी घोषणा गर्न माग गर्दै प्रदेशसभा अगाडि प्रदर्शन भएको हो । प्रदर्शनकारीले सिट्ठी फुकेर प्रदर्शन गरिरहेका छन् । अहिले संसद भवन संसदीय दलको नेताको कार्यकक्षमा सर्बदलीय बैठक जारी छ ।
स्थायी राजधानीको विवाद चलिरहेकै बेला प्रदेश सरकारले साविकको पूर्वाञ्चलको राजधानी धनकुटालाई सम्पर्क राजधानी बनाउने घोषणा गरेको थियो ।
प्रकाशित समय : २०:०० बजे



















