सांसद विनोद चौधरीको प्रश्न- चालू वर्ष कति रोजगारी सिर्जना भयो ?
वि.सं.२०७६ जेठ २१ मंगलवार १९:४५
shares

सांसद एवं अर्बपति उद्योगी विनोद चौधरीले चालू वर्षमा सरकारले कति रोजगारी सिर्जना ग-यो भन्ने जानकारी नपाएको बताएका छन् । ‘सरकारले चालू आवको बजेटमार्फत पनि ५ लाख रोजगारी सिर्जना गर्ने बताएको थियो, आगामी आवको बजेटमा पनि सोही कुरा गरिएको छ,’ संसद बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले भने, ‘रोजगारी सिर्जना गर्छौं या ग-र्यौं भनेरमात्र हुँदैन, कति रोजगारी सिर्जना भयो त्यसको पनि जानकारी पाउन पाए हुनेथियो ।’
बैठकमा सांसद चौधरीले नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणामाथि कटाक्ष गर्दै पहिले सरकारले पर्यटन गन्तव्य र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । एयर ट्राफिकको समस्या, एयरपोर्टको भौतिक संरचनामा सुधार हुन नसक्नु तथा सडक सञ्जालको समस्याले पर्यटन व्यवसाय फस्टाउन नसकेको तर्फ उनले संसदको ध्यानाकर्षण गराए ।
सातै प्रदेशमा सातवटै विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने भनिए पनि ती क्षेत्रमा उद्योगी आउने वातावरण भने सरकारले नबनाएको उनले गुनासो गरे ।

























