काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयर बजार परिसूचक सामान्य घट्यो

12.77K
shares

साताको तेस्रो दिन मंगलबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले ओरालो लागेको छ । सेयरबजार परिसूचक नेप्से ३.५६ अंकले घटेर १२८९.२८ अंकमा बन्द भएको हो ।

कारोबारमा आएका समूहमध्ये होटल, विकास बैंक, वित्त र उत्पादनमूलकबाहेकका सबै समूहकोे परिसूचक घटेको छ । कुल १७२ कम्पनीको २२ लाख ५२ हजार ५ सय ४६ कित्ता सेयर ९ हजार ९ सय ३९ पटक किनबेच हुँदा करिब ७१ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६२ अंकले घटेको छ ।

सेयर कारोबार सोमबारको तुलनामा सामान्य बढेको छ । सोमबार १७१ कम्पनीको ६९ करोड ८७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।