इद उल फित्र आज, देशैभर सार्वजनिक बिदा
वि.सं.२०७६ जेठ २२ बुधवार १२:३०
shares

नेपालका इस्लाम धर्मावलम्बीले बुधबार इद उल फित्र पर्व मनाउँदै छन् ।
इदका अवसरमामा सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सूचना गर्दै इस्लाम धर्मावलम्बीको महान पर्व इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
पानीसमेत नखाइ एक महिनासम्म दिनभर व्रत बसेका मुस्लिम समुदायले अन्तिम दिनमा इद उल फित्र मनाउने परम्परा छ । सरकारले भने यसअघि बिहीबारका लागि इद उल फित्रको बिदा दिने घोषणा गरेको थियो । तर बुधबार नै सो पर्व पर्ने भएकाले सरकारले आफ्नो निर्णय सच्चाएको हो ।


























