चिनियाँ राष्ट्रपति सी आजबाट रूसको राजकीय भ्रमणमा
वि.सं.२०७६ जेठ २२ बुधवार १२:३९
shares

निनियाँ राष्ट्रपति सी चिन फिङले बुधबारदेखि रूसको राजकीय भ्रमण गर्दैछन् ।
सीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुका साथै सेन्ट पिटर्सवर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एसपिआइइएफ)मा सहभागिता जनाउने कार्यक्रम छ । भ्रमणले राष्ट्रपति सी तथा उनका रूसी समकक्षी पुटिनबीच हुने भेटवार्ताले चीन–रूसबीचको रणनीतिक साझेदारी र सहकार्यलाई विस्तार गरी तथा नयाँ उचाइमा पुराउने विश्वास लिइएको छ।
भ्रमणले द्विपक्षीय सम्बन्ध विस्तारका लागि नयाँ खाका अपेक्षासमेत गरिएको छ । बितेका ५ वर्षयता चीन र रुसका राष्ट्रप्रमुखबीच २० भन्दा बढी भेटघाटको अवसर जुरेको चीनले जनाएको छ ।
दौत्य सम्बन्ध कायम भएको सत्तरी वर्षको अवधिमा चीन–रुस सम्बन्धमा पनि ऐतिहासिक परिवर्तन आएको समाचारहरुमा जनाइएको छ ।

























