काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज

11.93K
shares

कर्णाली प्रदेश सरकारले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले निति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

सरकारले पूर्वाधार, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारीलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको केसीले बताइन् ।