२ लाख ७५ हजार घूससहित वडाध्यक्ष पक्राउ
वि.सं.२०७६ जेठ २२ बुधवार १३:४९
shares

बारामा घुससहित एक जनप्रतिनिधिसहित दुई जना पक्राउ परेका छन् ।
बाराको महागढीमाई नगरपालिका– ६ का वडाध्यक्ष रामजीप्रसाद बरैलाई मंगलबार साँझ दुई लाख ७५ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।
अख्तियारले बरैलाई कलैया उपमहानगरपालिका–७, बाट पक्राउ गरेको हो । विकासका योजना पारिदिने भन्दै वडाध्यक्ष बरैले एकजना सेवाग्राहीसँग रकम लिएको अख्तियारले जनाएको छ । बरैसँगै उनका एक सहयोगी पनि पक्राउ परेका छन् ।

























