ट्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु
वि.सं.२०७६ जेठ २२ बुधवार १५:२५
shares

ट्याक्टरको ठक्करबाट कञ्चनपुरमा मंगलबार एक वृद्धाको ज्यान गएको छ ।
शुक्लाफाँटा नगरपालिका–७ जुडाकी ६२ वर्षीया सरस्वती मल्लको मृत्यु भएको हो । कसरौलबाट कालापानीतर्फ जाँदै गरेको से१त ७१२२ नम्बरको ट्याक्टरले मल्ललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकी मल्लको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने ट्याक्टरसहित चालक ध्रुवसिंह रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

























