global ime bank Long Banner Ad

गृहपृष्ठ चिलिमेले २५ प्रतिशत लाभांश दिने

चिलिमेले २५ प्रतिशत लाभांश दिने

चिलिमेले २५ प्रतिशत लाभांश दिने

नेपालको जलविद्युत् इतिहासमा कम्पनी ढाँचाबाट आयोजना निर्माण गर्ने श्रेय पाएको चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव नारायणप्रसाद आचार्यले जानकारी दिए ।

कम्पनीले रु २३ करोड ७९ लाख छ हजार ७८९ बराबरको नगद लाभांश र रु ९५ करोड १६ लाख २७ हजार १५६ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी मङ्सिर ११ गते बस्ने २३ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गर्ने छ । कम्पनीको हाल चुक्ता पूँजी रु चार अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७७२ रहेको छ ।

कम्पनीका तीन सहायक कम्पनीले चार जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । कुल १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाट क्षमताको तल्लो साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन र १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तीमध्ये साञ्जेन र रसुवागढी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । (रासस)

प्रकाशित समय : २३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु