global ime bank Long Banner Ad

गृहपृष्ठ सुडानी प्रधानमन्त्री डार्फरमा, युद्ध अपराधीमाथि कारबाही गर्न स्थानीयको माग

सुडानी प्रधानमन्त्री डार्फरमा, युद्ध अपराधीमाथि कारबाही गर्न स्थानीयको माग

सुडानी प्रधानमन्त्री डार्फरमा, युद्ध अपराधीमाथि कारबाही गर्न स्थानीयको माग

सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले युद्धका कारण क्षतविक्षत भएको डार्फरमा शान्ति स्थापना गर्न सरकारले कार्य प्रारम्भ गरेको बताएका छन् । द्वन्द्वपीडितले जतिसक्दो चाँडो न्याय दिलाउने बारेमा डार्फरमा भएको छलफलपछि प्रधानमन्त्री हाम्डोकले उक्त धारणा सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्रीका रुपमा पहिलो पटक डार्फर भ्रमण गरेका हाम्डोकले शिविरमा बसेका जनतासँग छलफल गरेका थिए । सन् २००३ मा शुरु भएको हिंसात्मक द्वन्द्वका कारण लाखौंको मृत्यु हुनुका साथै लाखौं मानिस घरबारविहीन भएका छन् ।

प्रधानमन्त्री हाम्डोकले उत्तरी डार्फर राज्यको राजधानी अल–फासिर शहरका युद्धपीडितलाई पनि भेटेका थिए । यहाँ पनि दशौं हजार मानिस वर्षौंदेखि अस्थायी शिविरमा बसिरहेका छन् । “हामी न्याय चाहन्छौं, डार्फरका सबै अपराधीलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पठाऊ” शिविरका मानिसले जोडजोडले चिच्याएका थिए ।

हाम्डोकले डार्फरमा शान्ति स्थापनार्थ सरकारले कार्य गरिरहेको बताएका थिए । भूगोलका दृष्टिबाट डार्फर क्षेत्र स्पेन देशभन्दा ठूलो छ ।

प्रधानमन्त्री हाम्डोकले भिडलाई सम्बोधन गर्दै भने, ‘तपाइँहरुले उठाउनुभएका मागहरुका बारेमा मलाई राम्रोसँग थाहा छ । तपाइँहरुका माग सम्बोधन गर्न हामी सबैले मिलेर कार्य गर्नुको विकल्प छैन र डार्फरमा अवश्य दैनिक जीवन सामान्य हुनेछ ।’

डार्फरमा अल्पसंख्यक विद्रोहीहरुले तत्कालीन अरब–प्रभूत्वको ओमार अल–बासिरको सरकार विरुद्ध हतियार उठाएदेखि भिषण जातीय युद्ध चर्किएको थियो । बासिरको सरकारले डार्फरलाई आर्थिक तथा राजनीतिक रुपमा अवसरविहीन बनाएको विद्रोहीको आरोप छ ।

बासिरको सरकारले विद्रोहीलाई समर्थन गरेको भन्दै स्थानीयबासीमाथि बलात्कार, हत्या, लुटपाट र घरहरुमा आगजनी गरेको आरोप छ । राष्ट्रसंघका अनुसार यस द्वन्द्वमा करिब तीन लाख मानिस मारिएका थिए भने २५ लाख मानिस विस्थापित भएका थिए । (रासस)

प्रकाशित समय : ००:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु