global ime bank Long Banner Ad

गृहपृष्ठ झापा जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

झापा जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

झापा जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

प्रभु बैंकले झापाको भद्रपुर नगरपालिका चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर खोलेको छ । एक्स्टेन्सन काउन्टरको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सोमबार उद्घाटन गरे ।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीले अब बिना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउन्टरमा रकम जम्मा गरी सरल र सहज ढंगले काम गर्न सक्नेछन् । प्रभु बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कारोबार सञ्चालनमा सहयोग पुर्‍याइरहेको छ ।

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु