global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट बैंक र युनियन पे बीच सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक र युनियन पे बीच सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक र युनियन पे बीच सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक र चिनियाँ कम्पनी युनियन पे बीच सम्झौता भएको छ । सम्झौतापत्रमा सोमबार इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियन पे अन्तर्राष्ट्रिय कम्पनीका अध्यक्ष चाय जियाङ्बोबीच हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एनआईबिएल युनियन पे कार्ड तथा प्रोडक्ट नेपाली बजारमा चाँडै सञ्चालनमा ल्याइनेछ । अब इन्भेष्टमण्ट बैंकका चीन भ्रमणमा जाने ग्राहक र चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकले युनियन पे डेविट, क्रेडिट तथा प्रिपेड ट्राभल कार्ड तथा क्युआर कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।

नेपाल इन्भेष्टमेण्ट युनियन पे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेण्टको रकम भुक्तानी गर्न सकिनेछ ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले भ्रमण वर्ष २०२० लाई लक्षित गरी एनआईबिएल युनियन पे अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गरिएको बताए ।

प्रकाशित समय : १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु