global ime bank Long Banner Ad

गृहपृष्ठ असिनापानीले पाक्न लागेको अन्नबाली नष्ट

असिनापानीले पाक्न लागेको अन्नबाली नष्ट

असिनापानीले पाक्न लागेको अन्नबाली नष्ट

बाजुराको बडीमालिका नगरपालिका-१ मा असिनापानीले पाक्न लागेको अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्‍याएको छ ।

स्थानीयवासी कृषक हर्कबहादुर कार्कीका अनुसार सोमबार अपराह्न ४:००  बजे आएको असिनापानीले पाक्न लागेको कोदो, फापर, धान, सुन्तला, केरा र तरकारी बालीमा क्षति पुर्‍याएको छ । उनले वडाको पिनालेख, पाटा, नुवाकोट र सल्लेनाका करिब १ हजार १ सय कृषकको अन्नबाली तथा फलफूल र तरकारी बाली नष्ट गरेको बताए ।

नगरपालिकाका उपप्रमुख कविता विष्टले क्षतिको यथार्थ विवरण आएपछि नियमअनुसार राहत दिइने बताइन् । नगरपालिकाले बनाएको दैवी प्रकोप राहत कोषअनुसार कृषकको क्षतिको अवस्था हेरी राहतका लागि पहल गर्ने उनले जनाइन् । (रासस)

प्रकाशित समय : १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु