गृहपृष्ठ नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालगायतको उपस्थिति थियो । सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त भएका थिए ।
प्रकाशित समय : १६:१४ बजे




















