global ime bank Long Banner Ad

गृहपृष्ठ निर्माणाधीन सडकमा दुर्घटना बढे

निर्माणाधीन सडकमा दुर्घटना बढे

निर्माणाधीन सडकमा दुर्घटना बढे

लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर-धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । छ लेनको उक्त सडकका बीचबीचमा खाल्डाखुल्डी छन् भने यो बाटो निर्माण सुरु भएको लगभग छ वर्ष भइसकेको छ ।

सडकमा सवारी चाप बढ्नु र बाटो नबन्नु सवारी दुर्घटना प्रमुख कारण रहको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । सोमबार मात्रै उक्त सडकमा बुबा आँखाका डाक्टर र छोरी स्टाफ नर्स सवार मोटरसाइकल दुर्घटना हुँदा दुवैको मृत्यु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका-३ स्थित शान्तिचोकमा भएको  दुर्घटनामा वडा नं ४ निवासी ५२ वर्षीय डा. सुवालाल माझी र निजकी २६ वर्षीया छोरी अञ्जली गम्भीर घाइते भई उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको थियो । केही महिना पहिले यही सडकका कारण राष्ट्रियस्तरका फुटबल खेलाडी शम्भु बाँस्तोलाको सुनसरी खनारमा सडकको निर्माणाधीन नालामा खसेर मृत्यु भएको थियो ।

सोमबार बिहान करिब ७:५० को समयमा विपरीत दिशाबाट आइरहेका को१ख ७२३२ नंको यात्रुवाहक बसले को२७प १०२२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुबा र छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । डा. माझी आँखाका चिकित्सक र छोरी स्टाफ नर्स रहेको बुझिएको छ । गत वर्षदेखि प्रदेश सरकारले सडक सुशासन लागू गरेको भए पनि सवारी चाप, तीव्र गतिमा सवारी चलाउने, सवारी नियम पालना नगर्ने, निर्माणाधीन सडकका कारण सवारी दुर्घटनामा कमी आउन सकेको छैन । (रासस)

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु