गृहपृष्ठ चीनको आर्थिक विकास निरन्तर रहन्छ : चिनियाँ राष्ट्रपति
चीनको आर्थिक विकास निरन्तर रहन्छ : चिनियाँ राष्ट्रपति
चीनका राष्ट्रपति सी चिन फिङले चीनको आर्थिक विकासमा निरन्तरता दिँदै अघि बढ्ने बताएका छन् । मंगलबार सांघाईमा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई राष्ट्रिपति सीले चीनको आर्थिक विकास उज्ज्वल रहने विश्वास व्यक्त गरेका हुन् ।
निरन्तरको आर्थिक विकासबाट चिनियाँ अर्थतन्त्रलाई स्थिर राख्न सकिने बताउँदै यसले विश्व आर्थिक पुनरुत्थानका लागि ठूलो विश्वास थपिएको पनि सम्बोधनका क्रममा उनले बताए । व्यापार संरक्षणवाद र विश्वव्यापीकरण प्रतिरोध प्रवृत्तिले केही वर्षदेखि विश्वको आर्थिक विकास कमजोर देखिएको भए पनि चीनको आर्थिक विकास स्थिर रूपमा अघि बढेको राष्ट्रपति सीले दावी गरे ।
प्रकाशित समय : १३:३५ बजे



















