काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपालि कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा गगनकुमार थापा विजयी

390
shares

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । काठमाडौँमा भएको कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आगामी चार वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बनेका हुन् ।

निर्वाचन समितिको नतिजाअनुसार कुल ७,३१७ मतदाता रहेकोमा ७,०३९ मत खसेको थियो भने ५४ मत बदर भएको थियो । खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले ६,५८४ मत (९३८८ प्रतिशत) प्राप्त गरे ।

उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत (५।३५ प्रतिशत) प्राप्त गर्दा ७७ प्रतिशत मत बदर भयो । थापाले खड्गीभन्दा ६,२०९ मत बढी प्राप्त गरी भारी मतान्तरले विजय हासिल गरेका छन् । यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्यसमितिको असहमतिबिच विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । त्यही कार्यसमितिले १५औँ महाधिवेशन गराएको हो ।