काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

यस्तो छ आजको मौसम पूर्वानुमान

260
shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ ।

हाल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी र हिमाली भू(भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू(भागमा आंशिक बादल लागेको छ । बागमति, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदुरश्चिम प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो कोशी प्रदेशका सबै भू(भाग तथा देशको हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्ने तथा तराई भू(भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

आज राति देशको हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्ने तथा तराई भू(भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भू(भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।