काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम

1.26K
shares

पर्सा । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पर्सास्थित सखुवा प्रसौनी गाउँपालिका जिल्लामै प्रथम भएको छ । जिल्लास्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रमबाट सार्वजनिक नतिजाअनुसार ठोरी गाउँपालिका दोस्रो र जगरनाथपुर गाउँपालिका तेस्रो भएको छ ।

स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा स्वास्थ्य सेवाको योजना तथा कार्यान्वयन, सेवा प्रवाह, सेवाको पहुँच तथा गुणस्तर, लक्षित समुदायसम्म सेवाको पहुँच र स्वास्थ्य संस्थाको कार्यसम्पादनलगायत विभिन्न सूचकका आधारमा आफ्नो गाउँपालिका सखुवा प्रसौनी गाउँपालिका प्रथम भएको अध्यक्ष जसवन्त यादवले जानकारी दिए । उनले उत्कृष्ट नतिजा हासिल गर्न स्वास्थ्य कार्यक्रम सञ्चालनमा योगदान पुर्याउने सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीप्रति आभार पनि व्यक्त गरे ।

त्यसैगरी, बारा जिल्लामा आर्थिक वर्ष २०८२/८३ को स्वास्थ्य कार्यक्रम मूल्याङ्कनमा परवानीपुर गाउँपालिका प्रथम, महागढीमाई नगरपालिका दोस्रो र करैयामाई गाउँपालिका तेस्रो भएको छ ।