गृहपृष्ठ अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

काठमाडौं । अनामनगरस्थित युनियन हाउसमा रैथाने नेपाली खानालाई प्राथमिकता दिँदै ‘ रेसुङ्गा भोजनालय’ सञ्चालनमा आएको छ । भोजनालयले गाउँघरमा प्रचलित मौलिक नेपाली परिकारलाई आधुनिक तथा व्यवस्थित शैलीमा ग्राहकसमक्ष प्रस्तुत गर्ने जनाएको छ ।

अनामनगर युनियन हाउसका अध्यक्ष सूर्य माखिमले युनियन हाउसलाई पछिल्लो दुई वर्षदेखि थप व्यवस्थित र स्तरोन्नति गर्दै हस्पिटालिटी हबका रूपमा विकास गरिएको बताएका छन् । यहाँ ब्यांक्वेट, रेस्टुरेन्ट, क्याफे, प्रेस क्लब, अध्ययन केन्द्र तथा डिलक्स बेडरुमलगायतका सेवा उपलब्ध उनले बताए ।

माखिमले युनियन हाउसलाई आगामी १० वर्षभित्र फाइबस्टार होटलको स्तरमा पु¥याउने लक्ष्य रहेको बताए । त्यसका लागि सेवा, कर्मचारीको दक्षता, वातावरण तथा पूर्वाधारमा अहिलेबाटै आवश्यक अभ्यास र तयारी सुरु गरिएको उनले बताए ।

उनले रेसुङ्गा भोजनालयमार्फत गाउँघरमा पाइने मौलिक स्वादलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न खोजिएको बताए । उनका अनुसार एउटै थालीमा भात, दाल, साग, गुन्द्रुक, मासु, माछा, अचारलगायतका विभिन्न परिकार समेटेर ‘रैथाने नेपाली स्वाद’ प्रस्तुत गरिनेछ ।

युनियन हाउसका अध्यक्ष माखिमका अनुसार भोजनालयमा पारिवारिक जमघट, पार्टी, विवाह भोज तथा विभिन्न कार्यक्रम आयोजना गर्न सकिनेछ । त्यसका लागि ब्यांक्वेट तथा इभेन्ट सेन्टरसँगै कार्यक्रमपछि बस्न चाहनेका लागि डिलक्स कोठाको समेत व्यवस्था गरिएको छ ।

यस्तौ गरी, रेसुङ्गा भोजनालयका सञ्चालक शिव पौडेलले आफूले लामो समयदेखि नेपाली रैथाने खानालाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्ने योजना बनाए पनि विभिन्न परिस्थितिका कारण ढिलाइ भएको बताए । अहिले युनियन हाउससँगको सहकार्यमा उक्त योजना कार्यान्वयनमा आएको उनले बताए ।

पौडेलका अनुसार भोजनालयमा दाङको बधिया भाले, बोकाको मासु, पक्कु, रक्ती, भुटन, स्थानीय कुखुरा तथा ढिँडोलगायतका परिकार मुख्य आकर्षणका रूपमा रहने छन् । स्थानीय शैलीमा तयार गरिएका परिकारलाई स्वच्छ र व्यवस्थित रूपमा ग्राहकसमक्ष पु¥याउने उनले बताए ।

उनले आफू मुख्य सेफका रूपमा काम गर्दै आएको र आफ्नै शैलीमा खाना तयार गर्न सक्ने १० देखि १२ जना सेफ तयार गरिसकेको बताए । बाहिरबाट सेफ ल्याउनेभन्दा आफ्नै जनशक्तिलाई तालिम दिएर दक्ष बनाउने योजना रहेको पनि उनले जानकारी दिए ।

रेसुङ्गा भोजनालयमा परिवार तथा समूहका लागि आवश्यकताअनुसार विभिन्न परिकार तयार गर्ने व्यवस्था रहेको सञ्चालकले बताए । ग्राहकले आफ्नो रुचिअनुसार भाले तथा अन्य परिकार छनोट गरी खान सक्नेछन् ।

सञ्चालक पौडेलले अन्य पार्टी प्यालेसमा प्रायः पाइने परिकारभन्दा फरक रूपमा मौलिक नेपाली खानालाई कार्यक्रमको मेनुमा समेट्ने योजना रहेको बताए । नेपाली समाजका विभिन्न भूगोल र समुदायमा प्रचलित स्थानीय परिकारलाई पार्टी तथा इभेन्टको मेनुमा समावेश गर्दै लैजाने उनले बताए ।

रेसुङ्गा भोजनालयले आजदेखि सफ्ट ओपनिङ सुरु गरेको हो । सञ्चालकहरूले नेपाली मौलिक खानालाई आधुनिक आतिथ्य सेवासँग जोडेर नयाँ अनुभव दिने उद्देश्य रहेको बताए ।

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु