काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

1.09K
shares

भद्रपुर । झापाको बिर्तामोड नगरपालिका(२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा आज दिउँसो एक जना वृद्धको मृत्यु भएको छ । बिर्तामोड २ बेलडाँगी डाँडागाउँ टोलका ६२ वर्षीय मोहन मुर्मूको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुर्मू खोलामा मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट प्रहरीले आवश्यक मुचुल्कालगायत प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको बिर्तामोड(२ का वडाध्यक्ष किशोर पौडेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।