गृहपृष्ठ उद्धार र राहत काम निरन्तर भइरहेका छन्’

उद्धार र राहत काम निरन्तर भइरहेका छन्’

उद्धार र राहत काम निरन्तर भइरहेका छन्’ त्रिशूली (नुवाकोट) १६ भदौः भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएको त्रिशूली बजार । अहिले नदी बगिरहेको किनारमा देखिएको बगरमा त्रिभुवन त्रिशूली मावि, त्रिशूली बहुमुखी क्याम्पससहित त्रिशूलीको पुरानो बजार रहेको थियो । तस्बिर: रामहरि न्यौपाने/रासस


काठमाडौँ । भोटेकोशी बाढीमा उद्धार र राहतका काम अझै निरन्तर भइरहेको गृहसचिव केदारनाथ शर्माले बताउएको छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा आज उनले उद्धारसँगै बाढीपीडितको व्यवस्थापनमा समेत प्रभावकारी कार्य भइरहेको जानकारी दिए ।

गृहसचिव शर्माले उद्धार र राहतका लागि प्रधानमन्त्री कोषबाट १३ करोड ५० लाख सम्बन्धित क्षेत्रमा पठाइएको जानकारी गराए । उनले जलवायु न्यायको विषयमा अन्तरराष्ट्रिय समुदायसमक्ष क्षतिपूर्तिस्वरुप सात खर्ब २३ अर्ब बराबर माग राख्नुपर्ने अवस्था रहेको जानकारी दिए । उनले बाढीपछि उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको बताउँदै राहत वितरणमा पनि प्रभावकारी कार्य सञ्चालन भइरहेको समितिसमक्ष तथ्यगत विवरण प्रस्तुत गरे ।

समितिमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्याय सम्बन्धमा छलफल गरिएको थियो । सभापति समीक्षा सापकोटाले बाढीपीडितको आर्थिक, सामाजिक र दीर्घकालीन व्यवस्थापनमा सरकारले के कति कार्य सम्पादन गर्दै आएको छ ? भन्ने विषयमा जानकारी लिएको थिए ।

सोक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले सरकारले हालसम्म भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गर्दै आएको उद्धार, राहत र व्यवस्थापनको कार्यप्रगतिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार अझै पाँच हजार ७८६ जना बेपत्ता भएका, एक हजार ४५१ शव फेला परेका, एक हजार २९२ वटा शव जमिनमुनि सुरक्षित भण्डारण राखिएका, १११ शव पहिचान गरी परिवारलाई हस्तान्तरण गरिएको छ ।

‘डिएनए’ परीक्षण भइरहेको शवको सङ्ख्या तीन हजार ६८५ रहेको प्रमुख डा उप्रेतीले जानकारी दिए । ‘होल्डिङ सेन्टर’ ३४ बाट घटेर २० वटामा पुगेको बताउँदै बाढीपिडितको व्यवस्थापनमा जोड दिएको उनले जानकारी दिए । बालबालिकाका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन, मनोपरामर्श कार्यक्रम सञ्चालन, बालबालिका र सुत्केरीको विशेष संरक्षणलगायत काममा सरकार संवेदनशील रहेको उनले बताए ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेर जलवायु न्यायसम्बन्धी अन्तरराष्ट्रिय समुदायसमक्ष कसरी प्रस्तुत हुने विषयमा गृहकार्य भइरहेको बताए। साथै उनले विद्यमान राष्ट्रिय जलवायु नीति, २०७५ परिमार्जन गर्ने तयारी रहेको पनि उनले बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले विपद् व्यवस्थापन सम्बन्धमा तत्काल कुनै छुट्टै कानुन ल्याउने तयारी नरहेको बताए । समितिमा सांसद भूमिका श्रेष्ठ, वलावती शर्मा, स्मृति सेञ्चुरीलगायतले विपद् व्यवस्थापन र बाढीपीडित उद्धारका विषयमा जिज्ञासा राखेका थिए ।

 

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु