काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रसूतिका बेला हुने हिंसालाई कसुरका रूपमा वर्गीकरण गर्नुपर्ने माग

1.07K
shares

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले प्रसूतिका बेला हुने हिंसालाई कसुरका रूपमा वर्गीकरण गरिनुपर्ने माग गरेका छन् । महिला, कानुन र विकास मञ्चद्वारा आज यहाँ आयोजित ‘सम्मानजनक प्रसूति सेवा तथा प्रसूति हिंसा सम्बोधनसम्बन्धी कानुनको आवश्यकता’ विषयक छलफलमा सांसद सुशीला ढकाल आचार्यले समाजमा प्रसूतिका समयमा हुनसक्ने कुनै पनि समस्यामा श्रीमान्ले साथ र सहयोग गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

सांसद बलावती शर्माले प्रसव पीडाका बेला हुने हिंसा न्यूनीकरण गर्न कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन् । पारिवारिक हिंसा न्यूनीकरण गर्नुपर्ने, चिकित्सक र नर्सलाई यस विषयमा सचेत गराउनुपर्ने उनले बताइन् । सांसद ललिताकुमारीले चिकित्सक र नर्सलाई अपमानित हुने अभिव्यक्ति नदिन अनुरोध गर्दै कमीकमजोरी भएमा सुधार गराउनुपर्ने बताइन् ।

सांसद राधिका रम्तेलले केही समयअघि कालिकोटमा प्रसूति हिंसाको अवस्था कहालीलाग्दो रहेको बताइन्। कर्णालीका दूरदराजमा उपचारमा संलग्न चिकित्सकको व्यवहारले सम्मानजनक प्रसूति कल्पनाभन्दा बाहिर भएको उनको भनाइ छ । सांसद प्रभा कार्कीले आफ्नो स्वास्थ्य पहिलो प्राथमिकतामा राख्न प्रसूति अवस्थाका महिलालाई सुझाव दिइन् । आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखे हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

सांसद अच्यूतम लामिछानेले सृष्टिकर्ता महिलाको अधिकार, कर्तव्य र शिक्षामा जनचेतना फैलाउन सके समस्या समाधान हुने बताए । सांसद एलिजा गुरुङले छोरी शिक्षामा जोड दिइन् । चिकित्सकको लापरवाही रोक्न कानुन निर्माण गर्न जरुरी भइसकेको उहाँले बताइन् । सांसद गुरु बरालले नागरिक चेतना अभिवृद्धि, सभ्यताको विकास, समयसापेक्ष ऐन तथा कानुन परिमार्जन, स्वास्थ्यकर्मीमा रुपान्तरण र समाजको चेतनामा आमूल सुधार गरियो भने सम्मानित प्रसूतिलाई सहयोग पुग्ने बताइन् ।

सांसद पार्वती विकले पारिवारिक संरचनाकै कारण समस्या हुने गरेकाले पुनःसंरचना गरिनुपर्नेमा जोड दिइन् । यसका लागि शिक्षा अनिवार्य आवश्यकताका रूपमा रहेको उनको भनाइ छ । सांसद सिर्जना श्रेष्ठले महिलालाई आर्थिक, शैक्षिक तथा सामाजिक रूपमा सक्षम बनाउनुपर्ने बताइन् । कानुन दोस्रो प्राथमिकता भएको बताउँदै उनले भने, “शिक्षा र जनचेतनाको स्तरवृद्धि गर्ने हो भने नेपाली समाजले नयाँ मोड लिनेछ ।”

सांसद गङ्गा श्रेष्ठ, यशोदा बराल, रत्नकुमारी थापालगायतले सम्मानजनक र सुरक्षित मातृत्वका लागि राज्यले पे्ररणादायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । कानुन निर्माणभन्दा पनि श्रमको मूल्याङ्कन र जनचेतनाको अभिवृद्धि आवश्यक रहेकामा उनिहरूले जोड दिए ।

सांसद हरि भुषालले अहिलेको समाज परिवर्तन भएको बताउँदै महिलालाई हकअधिकार सम्पन्न बनाउँदै जानुपर्ने धारणा राख्े। कानुनको मस्यौदा भइरहेका बेला यस्ता छलफल उपयोगी हुने उनले बताइन् । सांसद अम्बिकादेवी सङ्ग्रौलाले सप्तरी घटनाकी पात्र बबिता पासवानको उदाहरण दिँदै यसबाट पाठ सिकेर यस्ता घटना दोहोरिन नदिन सबै सजग हुनुपर्ने बताइन् ।

सांसद रञ्जु दर्शनाले आफ्नै उदाहरण प्रस्तुत गर्दै भने, “परिवारको सहयोगले मात्र सम्मानजक प्रसूति सेवा प्राप्त हुन्छ । मानसिक स्वास्थ्य र श्रीमान्को अवस्था पनि त्यत्तिकै सहज हुनुपर्छ”, उनले भने ।

कार्यक्रममा ‘सम्मानजनक प्रसूति के हो ?, ‘यसका आयाम के हुन् रु’ र ‘प्रसूति हिंसालाई कसरी न्यूनीकरण गर्न सकिन्छ ?’ भन्ने विषयमा मञ्चका अधिवक्ता दिपेश श्रेष्ठले प्रस्तुति गर्ेका थिए । करकाप र दवाबमुक्त, सम्मानजनक र संवेदनशील प्रसूति मात्र सम्मानजनक हुने उनको भनाइ छ । सम्मानजक प्रसूतिबारे ह्वाइट रिबन एलाइन्सले प्रतिपादन गरेको आठ वटा सिद्धान्त महत्वपूर्ण रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

सम्मानजनक प्रसूति सेवामा नेपालको अवस्था र अहिलेसम्म भएका अनुसन्धानका बारेमा पनि अधिवक्ता श्रेष्ठले प्रकाश पारेका थिए । अन्तरराष्ट्रिय सन्धि सम्झौताअनुसार नेपालले यससम्बन्धी कानुन बनाउनुपर्ने दायित्व रहेको पनि उनले बताए ।

अहिलेसम्म भएका कानुन र अभ्यासलाई विश्लेषण गर्दै अधिवक्ता श्रेष्ठले प्रसूति हिंसालाई कसुरका रूपमा वर्गीकरण गरिनुपर्ने, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा ६ (२) संशोधन गर्नुपर्ने, क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने र यो सेवा भेदभावरहित हुनुपर्नेमा जोड दिए ।

ब्रजपानी आर्ट नाट्य समूहका कलाकारले यही विषयवस्तुलाई समेटेर नाटक प्रस्तुत गरेका थिए । नाटकमा नेपाली समाजमा हुने प्रसूतिसम्बन्धी हिंसाका घटनालाई जीवन्त प्रस्तुति गरिएको थियो ।