काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भेनेजुएलाका अन्तरिम नेता संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

1.24K
shares

भेनेजुएलाका अन्तरिम नेता डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभाका लागि संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा पुग्नुभएको सोमबार सामाजिक सञ्जालमा पोस्ट गरी जानकारी गराएको छन्।

रोड्रिगेजको उपस्थिति पूर्व राष्ट्रपति निकोलस मादुरोको सन् २०१८ को सम्बोधनपछि भेनेजुएलाका राष्ट्रप्रमुखको रूपमा पहिलो सहभागिता हो ।

मादुरो जनवरीमा अमेरिकी सैन्य छापामा पक्राउ पर्ेका थिए र हाल न्यूयोर्कको सङ्घीय जेलमा रहेएको छन् । उनिविरूद्ध लागूऔषध तस्करी र अन्य आरोपहरूमा मुद्दाको सुनुवाईको प्रतीक्षा भइरहेको छ ।

“हामी अमेरिकी राष्ट्रहरू एकतासहित अघि बढ्ने विश्वास गर्ने जनताको दृढ आकाङ्क्षा र आशासहित न्यूयोर्क आइपुगेका छौँ,” रोड्रिगेजले एक्समा गरेको पोस्टमा लेखेका छन् ।

“संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भेनेजुएला सम्मान, सहयोग र समझदारीमा आधारित काय गर्र्ने एजेन्डासहित आफ्नो आवाज सुनाउन र आफ्ना सिद्धान्तहरूको रक्षा गर्न उपस्थित हुनेछ,” उनले यसअघि गरेको फोष्टमा उल्लेख छ ।

रोड्रिगेज मादुरोको सहयोगीका रूपमा भेनेजुएलाकी उपराष्ट्रपति रहेको थिए तर अहिले उनि अमेरिकी राष्ट्रपति ट्रम्पका मागहरूमा सहयोग गरेको देख्न सकिन्छ । यो मादुरोलाई नियन्त्रणमा लिएपछि भेनेजुयालाले भोगेको व्यापक दावावको परिणाम पनि हुन सक्छ । अमेरिकी दवावमा नै विश्वको सबैभन्दा ठूलो र भेनेजुएलाको विशाल तेल भण्डार मा अमेरिकी पहुँच दिनु पनि रहेको छ ।

हालैको सम्झौताअन्तर्गत, दुई देशले संयुक्त राज्य अमेरिकालाई भेनेजुएलाका भण्डारको करिब पाँच भागको एक भाग नियन्त्रण दिइने घोषणा गरेका छन् ।