गृहपृष्ठ सुरुङ उद्धारबारे प्रधानमन्त्रीलाई भेटेर कुलमानले दिए सुझाव
सुरुङ उद्धारबारे प्रधानमन्त्रीलाई भेटेर कुलमानले दिए सुझाव
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। बिहीबार प्रधानमन्त्री कार्यलय सिंहदरबार पुगि अध्यक्ष घिसिङले प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटपछि कुरा गर्दै उनले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव बुझाइएको बताए।
‘अहिलेको विपद्को अहिले उद्धारको लागि समग्र रूपमा सुझाव दिएका छौँ’, उनले भने, सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने विषयमै उनको जिज्ञासा थियो। त्यस सम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौँ।’
प्रकाशित समय : १३:३६ बजे


















