गृहपृष्ठ इन्डोनेसियाका जंगलमा भीषण आगलागी
इन्डोनेसियाका जंगलमा भीषण आगलागी
एजेन्सी । इन्डोनेसियाका केही क्षेत्रका जंगलमा आगलागी भएको छ। तीमध्ये केही जंगलमा लागेको आगो केही सातादेखि नियन्त्रणमा आउन सकेको छैन।
देशका सुमात्रा र कालिमन्तान क्षेत्र धुवाँ र तुवाँलोले ढाकिएका छन्। यसबाट लाखौँ मानिस प्रभावित भएका छन्। यी दुवै क्षेत्र बोर्नियो द्वीपमा पर्छन्।
इन्डोनेसियामा धुवाँ र तुवाँलोका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि हजारौँ मानिस उपचारका लागि अस्पताल भर्ना भएका छन्।
आगलागी नियन्त्रणका लागि इन्डोनेसियाले क्लाउड सिडिङ (कृत्रिम वर्षा गराउने प्रविधि) तथा अग्निनियन्त्रण विमानको प्रयोग गरिरहेको छ।
प्रकाशित समय : १३:२३ बजे


















