गृहपृष्ठ टेलिकमका बाढीबाट प्रभावित थप तीनवटा साइट सुचारु
टेलिकमका बाढीबाट प्रभावित थप तीनवटा साइट सुचारु
नेपाल टेलिकमले मंगलबार बाढीबाट प्रभावित थप तीनवटा साइट सुचारु गरेको छ । धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट सुचारु भएका हुन् ।
कम्पनीका अनुसार कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टार आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् । भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी, रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशी आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।
प्रभावित एक सय २० साइटमध्ये एक सय १३ साइट सञ्चालनमा आएका छन् । जसबाट लगभग पहिले उपलब्ध सबै स्थानमा नेटवर्कको पहुँच पुगेको छ । कम्पनीले प्रभावित क्षेत्रमा आंशिक क्षमतामा सञ्चालन भएका साइटसमेत क्रमिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको छ ।
प्रकाशित समय : १३:१९ बजे


















