काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मिनियापोलिसमा गोली चल्दा तीनको मृत्यु

1.39K
shares

अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने गोली चलाउने संदिग्ध पनि मारिएका छन् । घटनामा दुई प्रहरी अधिकारीसहित पाँच जना घाइते भएका छन् ।

अपराह्न ४ः३० बजेपछि गोली चलेको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । माथिल्लो तलामा थप गोली चलेपछि पुगेका प्रहरीलाई बाक्लो धुवाँका कारण कठिनाइ भएको अन्तरिम प्रहरी प्रमुख बिल पिटरसनले बताएका छन । घाइते तीन प्रहरी अधिकारीको अवस्था स्थिर रहेको छ ।

मृतकमध्ये एक जनाको घटनास्थलमै र अर्काको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । संदिग्धको पहिचान र मृत्युको कारण तत्काल खुलाइएको छैन ।

प्रत्यक्षदर्शीहरूले गोली चलाउने व्यक्ति अपार्टमेन्टकै बासिन्दा हुन सक्ने र यसअघि पनि हतियार प्रदर्शन गर्ने गरेको बताएका छन् । प्रहरीले घटनापछि लोरिङ पार्क क्षेत्रका बासिन्दालाई घटनास्थलबाट टाढा रहन आग्रह गरेको थियो ।

मिनेसोटाका गभर्नर टिम वाल्जले स्थानीय प्रहरीलाई राज्यका अधिकारीहरूले सहयोग गरिरहेको बताएका छन । एफबिआई पनि अनुसन्धानमा संलग्न भएको छ ।