गृहपृष्ठ नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान

नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान

नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित बालबालिकाका लागि अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी२० सिरिजमार्फत सहयोग अभियान सञ्चालन गरिने भएको छ । प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वेच्छिक रूपमा सहयोग रकम सङ्कलन गरिने आयोजक नर्दन टेरिटोरी क्रिकेटले जनाएको छ ।

“एनटी टप एन्ड टी२० सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश शुल्क लाग्ने छैन । मैदान प्रवेश गर्दा दर्शकहरूलाई स्वेच्छिक रूपमा सहयोग रकम दिन आग्रह गरिएको छ । आज राति हुने नेपाल र भिक्टोरियाबीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाडीहरूले हस्ताक्षर गरेका क्रिकेट ब्याटको र्‍याफल गोलाप्रथा समेत गरिनेछ”, नर्दन टेरिटोरी क्रिकेट (एनटी स्ट्राइक) ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको छ ।

सङ्कलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियानमा प्रदान गरिने एनटी स्ट्राइकले जनाएको छ ।

जारी प्रतियोगितामा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया सिए(११ विरुद्ध खेल्ने तालिका छ । सेमिफाइनल पुग्न वञ्चित भइसकेको नेपाल आज सान्त्वना जितको खोजीमा छ । नेपाल अहिले चार अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु